२० असार २०८१, बिहिबार

राष्ट्रिय सहमतिको सरकार बनाउन कांग्रेस-एमालेबीच भयो सहमति


केपी ओली र शेरबहादुर देउवा

काठमाडौँ । राष्ट्रिय सहमतिको सरकार बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति भएको छ । हिजो सोमबार राति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

संसदका दुई ठूला दलबीच निर्वाचन, शासकीय प्रणाली लगायतमा सुधार गर्ने र एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको हो ।यद्यपि सो सहमति भने दुवै नेताले गोप्य राखेका छन् ।

कांग्रेसबाट सभापति देउवा, उनकी पत्नी आरजु राणा देउवा, प्रमुख सचेतक रमेश लेखक र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की मात्रै सहभागी थिए। एमालेबाट अध्यक्ष ओली र महासचिव शंकर पोखरेलमात्र सहभागी थिए ।

केपी ओली र शेरबहादुर देउवा

सहमति अनुसार संसदको बाँकी कार्यकाल नेपाली कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। पहिलो चरणमा राष्ट्रिय सहमतिको सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्नेछन् । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको छ ।

मंगलबार आ-आफ्ना दलमा विस्तृत छलफल गरेर सहमति पत्र सार्वजनिक गर्ने र कार्यान्वयनमा लैजान सहमति भएको अर्का नेताले जानकारी दिए । उनीहरूबीच संविधानको धारा ७६ (२) अनुसार नै सरकार गठन गर्ने सहमति पनि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !