२० असार २०८१, बिहिबार

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै


काँग्रेस पदाधिकारी बैठक फाइल फोटो

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।

पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्न लागेको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए । उनले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !