१९ असार २०८१, बुधबार

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै


काँग्रेस पदाधिकारी बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने भएको हो ।

आज बस्ने बैठकमा पछिल्लो देशको राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएको सन्दर्भमा नयाँ नेतृत्व चयन, पार्टीको गतिविधि लगायत समसामयिक विषयहरूमा छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो ।

बैठकमा सभापति देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटवार्ताका विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !