१८ असार २०८१, मंगलबार

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

उक्त विधेयकमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा. प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताए ।

त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !