१२ आश्विन २०८१, शनिबार

कोसी सरकारविरुद्धको रिट खारेज, मुख्यमन्त्रीमा हिक्मत कार्कीले पाए निरन्तरता


सर्वाेच्च अदालत र हिक्मतकुमार कार्की

काठमाडाैं । सर्वाेच्च अदालतले कोसी प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएकाे छ । सर्वाेच्चले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट खारेज गरिदिएको हो ।

तत्कालिन मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरेको हो ।

तत्कालीन मुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्रीमा बहाल रहेका बेला संविधानअनुसार पदमुक्त नै नगरी अर्को मुख्यमन्त्री नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

आज मंगलबार न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले रिट खारेज हुने फैसला गरेको हो । सर्वोच्चले रिट खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !