१२ आश्विन २०८१, शनिबार

संघीय संसद्का कर्मचारीको भत्ता बढाउने सहमति


यस्तो छ हेर्नुहोस् सरकार र संसद्का कर्मचारीबीच भएको सहमति

काठमाडौं । संघीय संसद्का कर्मचारीको भत्ता बढाउने सहमति भएको छ । आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच कर्मचारीको भत्ता बढाउने ७ बुँदे सहमति भएको हो ।

आज सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच संसद भवन नयाँ वानेश्वरमा भएको वार्ता सहमतिमा पुगेको हो ।

सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने छ । बिगत २१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा थिए ।

यस्तो छ हेर्नुहोस् सरकार र संसद्का कर्मचारीबीच भएको सहमति

यस्तो छ हेर्नुहोस् सरकार र संसद्का कर्मचारीबीच भएको सहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !