१४ असार २०८१, शुक्रबार

राजदूत सिफारिसका लागि रास्वपाले खुलायो आवेदन


राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रिय कार्यालय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीको तर्फबाट राजदूत सिफारिसका लागि आवेदन खुला गरेको छ । राजदूत सिफारिसका लागि रास्वपाले सोमबार आवेदन खुला गरेको हो ।

रास्वपाका सभापति समेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सामजिक संजाल एक्समार्फत सो जानकारी दिएका हुन् । अन्य पार्टी भन्दा रास्वपाले कूटनीतिक क्षेत्रमा पार्टीबाट हुने राजदूत सिफारिसका लागि मापदण्ड बनाएको छ ।

नेपालको प्रतिनिधित्व गर्दै मित्रराष्ट्र एवं संयुक्त राष्ट्र संघ लगायत अन्य अन्तरार्ष्ट्रिय तथा क्षेत्रीय संघ संगठनहरूमा नेपालको कुटनीतिक जिम्मेवारी निर्वाह गर्न राजदुत, स्थायी प्रतिनिधि, वा विशेष प्रतिनिधि नियुक्ति गर्ने क्रममा रास्वपाको तर्फबाट हुनसक्ने सिफारिस वा समन्वयका लागि रास्वपा अन्तराष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजक तोकेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख खनालको संयोजकत्वमा सोबिता गौतम र प्रा. डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार गरेको हो ।

यस मापदण्ड अनुसार असार १४, २०८१ सम्म दिएको लिङ्कमा आवेदन फारम भरी आफ्नो इच्छा जाहेर गर्न वा उपयुक्त व्यक्ति सिफारिस रास्वपाले अनुरोध गरेको छ । आवेदन अनुसार आगामी दिनका लागी पनि रोष्टर तयार पारिने रास्वपाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !