९ असार २०८१, आइतबार

माओवादीका उपाध्यक्ष अग्नि सापकोटाले किन गरे एमालेको कार्यालयको अवलोकन ?


अग्नि सापकोटाले किन गरे एमालेको कार्यालयको अवलोकन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को च्यासलस्थित केन्द्रीय कार्यालयमा पुगी कार्यालय सञ्चालन, व्यवस्थापन र सूचना प्रविधिसम्बन्धी गतिविधिबारे जानकारी लिएका छन् ।

दुई पार्टीबीच यसअघि भएको सल्लाहबमोजिम नेता सापकोटा एमाले मुख्यालय गएका हुन् । उपाध्यक्ष सापकोटाले एमालेको एक्सन रुम, एप्स, प्रचारप्रसार व्यवस्थापनबारे जिज्ञाशा राखेका थिए ।

उनको जिज्ञाशाबारे आफूहरुले अवगत गराएको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए । उपाध्यक्ष सापकोटाले एमालेको कार्यालय सुव्यवस्थित र अत्याधुनिक पाइएको बताए ।

अग्नि सापकोटाले किन गरे एमालेको कार्यालयको अवलोकन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !