७ असार २०८१, शुक्रबार

विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय


मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघिको सत्ता समीकरणअनुसार राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई नयाँ समीकरण अनुसार सरकार गठन भएसँगै उनीहरूलाई सरकारले फिर्ता बोलाएको हो ।

फिर्ता बोलाइएका ११ राजदूतहरुमा ९ जना नेपाली काँग्रेसका छन् भने दुई जना मलेसियाका पौडेल नेकपा एस र साउदीका सुवेदी बाबुराम भट्टराईको कोटाबाट नियुक्त भएका थिए ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !