१७ असार २०८१, सोमबार

रञ्जिता श्रेष्ठलाई मन्त्री बनाएर मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री प्रचण्ड


रञ्जिता श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई पर्यटन मन्त्रालय दिने तयारी गरिएकोले एक हप्ताभित्र मन्त्री हितबादुर तामाङलाई पर्यटन मन्त्रालयबाट हटाइँदै छ ।

श्रेष्ठ यसअघि प्रचण्डकै मन्त्रिपरिषद्‍मा भूमि व्यवस्था तथा सहकारी मन्त्री थिइन् । तर गत फागुन २१ गते सत्ता समीकरण फेरिएपछि उनी मन्त्रीबाट हटेकी थिइन् । अध्यक्ष श्रेष्ठले पनि एक हप्ताभित्र मन्त्री बन्ने बुझिएको छ ।

यस्तै सीके राउत नेतृत्वको जनमत पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति वा उद्योग मन्त्रालय दिएर प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी गराउने पनि तयारी गरेका छन् । अमेरिकाको भ्रमणमा रहेका राउत नेपाल फर्किएपछि मात्र उक्त पार्टी सरकारमा सहभागी हुने बालुवाटार स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !