१७ असार २०८१, सोमबार

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज


प्रदेश नं १ प्रदेशसभा

मोरङ । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सोमबार प्रस्तुत हुने भएको छ ।

आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले वार्षिक नीति तथा कार्यक्रम स्विकृत गर्दै सोमबार दिउँसो ४ बजे वार्षिक नीति तथा कार्यक्रम सम्बोधनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गलाई अनुरोध गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता लिलावल्लभ अधिकारीले जानकारी दिए ।

यस्तै, महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन–२०८१ प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति प्रदान गरेको छ । बैठकले युवा तथा खेलकुदतर्फको प्रस्तावमा आधारित खेल पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रम सञ्चालनका लागि सहरी विकास तथा भवन कार्यालयलाई बजेट पठाउने भएकामा सो व्यहोरा संशोधन गरी स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरी योजना कार्यान्वयन गर्ने व्यवस्था गरिएको सरकारका प्रवक्ता अधिकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !