१५ असार २०८१, शनिबार

सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच छलफल


ओली, प्रचण्ड र नेपाल फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आज शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन शीर्ष नेताहरुबीच भएको भेटमा देशको समसामयिक राजनीतिबारे छलफल भएको एमाले अध्यक्ष ओलीले जानकारी दिए ।

यसअघि बुधबार एकीकृत समाजवादीका अध्यक्ष नेपाल र सांसद मेटमणि चौधरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवाको निजी निवास बूढानीलकण्ठ पुगेका थिए ।

सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपाल कांग्रेसका सभापति देउवाको निवास बूढानीलकण्ठमा विपक्षी दलको बैठकमा सहभागी भएको बारेमा पनि छलफल भएको बताइएको छ । बैठकमा आइतबारबाट संसदमा सुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पनि छलफल भएको बुझिएको छ ।

एमालेले सत्तारुढ दल भएर प्रमुख प्रतिपक्ष दलले बोलाएको विपक्षी दलहरूको बैठकमा नेपाल सहभागी भएको विषयलाई गम्भीरताका साथ लिएको बताएको छ । यता प्रधानमन्त्री प्रचण्डले पार्टी संसदीय दलको बैठकमा अध्यक्ष नेपाल प्रतिपक्ष दलहरूको बैठकमा जाने कुरा आफूलाई जानकारी रहेको र सहमतिमै गएको बताएका थिए ।

नेपालका कारण सत्ता गठबन्धनमा समस्या नआउने प्रधानमन्त्री प्रचण्डको विश्वास छ । सिंहदरबारमा भएको तीन नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यो पनि पढ्नुहोस्

नेपाल देउवालाई भेट्न बूढानीलकण्ठ गएपछि खनाल पुगे प्रचण्डलाई भेट्न बालुवाटार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !