३ मंसिर २०८१, सोमबार

संसदीय छानबिन समितिको कार्यादेश प्रधानमन्त्रीलाई बुझाइयो


संसदीय छानबिन समितिको कार्यादेश प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) तयार पार्न गठन गरिएको कार्यदलको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ ।

सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा आज बसेको कार्यदलको बैठकले चार बुँदे सहमति भएपछि मंगलबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइएको हो । उक्त समितिमा ७ जना सदस्य रहनेछन् भने यसको अवधि तीन महिना रहेछ ।

समितिले २९ वटा सहकारीमा भएको अनियमितताबारे छानिबन गर्नेछ । प्रतिनिधिसभाको आज बस्ने बैठकबाट उक्त समिति बनाइने नेताहरूले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु