१० असार २०८१, सोमबार

‘सहमति नजिक’ पुगेको भनिएको कार्यदलको बैठक आज बस्दै


कार्यदलको बैठकमा संसदीय समितिको कार्यादेशमा भयो सहमति

काठमाडौं । सहकारीको बचत अपचलनबारे बनाउने भनिएको संसदीय छानबिन समितिको कार्यादेश तयार पार्न गठन गरिएको कार्यदलको बैठक आज बस्दै छ ।

सोमबार साँझ सहमति नजिक पुगेको भनिएको कार्यदलको बैठक अन्तिम टुंगो लगाउन आज बिहान ११ बजे फेरि बस्ने कानुनमन्त्री पदम गिरीले बताए ।
हिजो सोमबार साँझ बसेको कार्यदलको बैठकपछि कानुनमन्त्री पदम गिरीले आफूहरू एक ठाउँमा आइसकेको दाबी गरेतापनि ठोस निष्कर्ष अझै नआइसकेको बताएका थिए ।

उनले आजबाट सदनका नियमित कामहरू निर्वाधरूपमा अगाडि बढ्ने पनि बताएका थिए । समितिको कार्यादेशको विषयमा लामो समयदेखि सहमति जुट्न सकेको छैन ।

सत्ता पक्ष र विपक्षबीच सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भएको अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउन तयार देखिएका छन् । संसदीय समितिको कार्यादेशमा पोखराको सूर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम लगायतका सहकारीसँगै गोर्खा मिडिया नेटवर्कको नाम उल्लेख गरिने लगभग सहमति भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !