![राष्ट्रियसभाको बैठक](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2024/05/Rastriya-Sabha-Baithak-Congres-Abrodh.jpg?fit=1024%2C683&ssl=1)
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको समय परिवर्तन गरिएको छ । आज बिहान ११ः३० बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको संसद् सचिवालयले सूचना जारी गरेर जानकारी दिएको हो ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिसभा अध्यक्ष नारायणप्रसाद दाहालले आजै अपराह्न १ः१० बजे बस्ने गरी बैठकको समय निर्धारण गरेका छन् ।