८ मंसिर २०८१, शनिबार

प्रतिपक्षी दलहरुले भने – समिति गठनको माग सदन र सडक दुवै ठाउँमा गर्छौ


संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलको छलफल जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत अन्य प्रतिपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने बताएका छन् ।

आज सोमबार दिउँसो बसेको विपक्षी दलहरूको बैठकले सहकारीकाे रकम अपचलन प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग सडकमा समेत लैजाने भएका हुन् ।

आजको संसद अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि बसेको प्रतिपक्षी दलको बैठकले सभामुख देवराज घिमिरेले समेत आफ्नो मर्यादा बिर्सिएको आरोप समेत लगाएका छन् ।

प्रतिपक्षी दलहरुको बैठकमा कांग्रेस, राप्रपाका साथै जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू उपस्थित थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !