काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलको बैठक जारी रहेको छ । संघीय संसद भवन नयाँ वानेश्वरस्थित काँग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा विपक्षी दलहरुको बैठक जारी रहेको हो ।
जारी बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी भएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेकोले विपक्षी दलहरुले साझा रणनीति तय गर्न बैठक बसेको हो ।
कांग्रेससहित विपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् भने सत्ता पक्षले विपक्षीले भनेजस्तो समिति गठन नगर्ने अडान राख्दै आएको छ ।