६ पुस २०८१, शनिबार

हिजो स्थगित गरिएको राष्ट्रियसभाको बैठक आज बस्दै


प्रधानमन्त्री प्रचण्ड राष्ट्रियसभा

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजेका लागि बोलाइएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध गरेपछि हिजो विहीबार स्थगित गरिएको राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । राष्ट्रियसभाको हिजोको बैठक सुरु हुनासाथ कांग्रेसले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले बैठक आज दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरेका थिए ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने, राष्ट्रपतिबाट भएको सम्बोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, समिति सदस्यको नाम मनोनयन, अध्यादेश पेसलगायत ८ बुँदा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !