काठमाडौँ । प्रतिनिधिसभाको आज अपराह्न बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता साझेदार दल नेकपा (एमाले) का सांसदहरुबीच धकेलाधकेल भएको छ ।
सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबीच तनाव सिर्जना भएर धकेलाधकेल भएको हो ।
कांग्रेसले वेल घेरेर नाराबाजी जारी राखेर अवरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेका लागि स्थगित गरेका हुन् ।