१८ असार २०८१, मंगलबार

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित


राष्ट्रियसभाको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ । कांग्रेसको अवरोध गरेपछि राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।

आज बिहीबार बसेको बैठक सुरु हुनेवित्तिकै कांग्रेसका सांसदहरू उठेर विरोध गरेका थिए । काँग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले जेठ ४ गते १ बजेर १५ मिनेटका लागि बस्नेगरी बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

आज बिहीबार दिउँसो सत्तापक्ष र कांग्रेसबीच भएको छलफलमा सहमति नजुटेपछि कांग्रेसले संसद् अवरोध राख्ने आफ्नो अडान कायम राखेको हो । सत्तापक्षले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नतोकेर संसदीय समिति गठन गर्नुपर्ने अडान लिएपछि सहमति जुट्न नसकेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !