७ मंसिर २०८१, शुक्रबार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत


दीर्घबहादुर सोडारी

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । आज बिहिबार बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम संसदीय दलका नेता रहेका मुख्यमन्त्री सोडारीले प्रदेशसभाका २८ बहुमत प्रदेशसभा सदस्यबाट विश्वासको मत पाएका हुन् ।

सोडारीलाई आफ्नो पार्टीका चार प्रदेश सभा सदस्यहरूसहित एमालेका ११, माओवादीका १०, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन् ।

प्रदेशसभाको आजको बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी, वेल घेराउ र बहिष्कारका बीच मुख्यमन्त्री सोडारीले विपक्षीलाई बाहिर राखेर विश्वासको मत लिएका हुन् ।

५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य छन् ।

काँग्रेसका १९, राप्रपा एक र नागरिक उन्मुक्तिका पाँच जना प्रदेश सभा सदस्यहरूले मतदानमा भाग लिएनन् । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा बहुमत पुर्‍याउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्दथ्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !