२ मंसिर २०८१, आइतबार

गिरीबन्धु टी–इस्टेटबारे ओली र देउवावीच आरोप-प्रत्यारोपको शीतयुद्ध


शेरबहादुर देउवा र केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच आरोप-प्रत्यारोपको शीतयुद्ध सुरु भएको छ ।

आज बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै काँग्रेस सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी–इस्टेटबारे ओलीलाई देउवाले प्रतिप्रश्न गर्दै आफूले गरेको हो भन्न के आपत्ति ? भनेर आरोप-प्रत्यारोपको शीतयुद्धको शृंखला सुरु गरेका छन् ।

एमालेका अध्यक्ष ओलीले हिजो बुधबार नयाँ बानेश्वरमा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेसले गिरीबन्धु टी-स्टेटको ७० बिघा जमिन कमिसन खाएर बेचेको आरोप लगाएका थिए । ओलीले कांग्रेसले गिरीबन्धु टी–स्टेटको एकपटक ५१ बिघा र अर्काेपटक १९ बिघा जग्गा सट्टापट्टा गर्ने नाममा कमिसन खाएर बिक्री गरेको बताएका थिए ।

एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी काँग्रेसलाई यस्तो आरोप लगाएपछि सोको प्रतिवाद गर्दै देउवाले ओलीलाई जवाफ फर्काएका हुन् । गिरीबन्धु टी–इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको दावी समेत गरे ।

अदालतले फैसला गरेपछि गिरीबन्धु टी–इस्टेटको निर्णय कांग्रेसको पालामा भएको एमालेका अध्यक्ष ओलीले बताएको विषय बाहिर आएको उनले उल्लेख गरे । देउवाले ओलीसरहको नेताले गलत कुरा भन्न नसुहाउनेमा उनले जोड दिए ।

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवा गिरीबन्धु टी–इस्टेटको विवादबारे आमनेसामने देखिएका छन् । दुई ठूला राजनीतिक दलहरुबीच गिरीबन्धु टी–इस्टेटको विषयलाई लिएर आरोप-प्रत्यारोपमा लाग्दा अव संसदमा दलहरुको ध्यान उक्त प्रकरणतिर मोडिएको छ ।

यसअघि आज बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले सभामुख देवराज घिमिरेले सभाको बैठक आजै दिनको ४ बजे बस्ने गरी निर्धारण गरेका छन् ।

यस्तै संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक पनि सरेको छ । आज अपराह्न १:१५ बजे बस्ने गरी निर्धारण गरिएको बैठक आजै अपराह्न ४.३० बजे बस्ने भएको हो ।

यो पनि पढ्नुहोस्

गिरीबन्धु टी-स्टेट प्रकरणबारे ओलीको आरोप : कांग्रेसले कमिसन खाएर ७० बिघा बेच्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !