१२ असार २०८१, बुधबार

उपेन्द्रको रिटमा सर्वोच्चको आदेश– निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्नु


सर्वोच्च अदालत, उपेन्द्र यादव र निर्वाचन आयोग

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले जसपा नेपाल फुट विरुद्धको रिटमा आज अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

आज बुधबार न्यायाधीश विनोद शर्माको एकल इजलासले निर्वाचन आयोगका निर्णय यथास्थितिमा राख्न आदेश जारी गरेको हो । सर्वोच्चले जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गर्दै हालका लागि निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश गरेको हो ।

जसपा नेपालका अध्यक्ष यादवले गत सोमबार अशोक राई नेतृत्वको जसपालाई वैशाख २४ गते आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई उत्प्रेषणको आदेशले बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !