१५ असार २०८१, शनिबार

काँग्रेसको संसद् अवरोधका विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल


प्रधानमन्त्री प्रचण्ड र देवराज घिमिरे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको संसद् अवरोधका विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् ।

कांग्रेसको अवरोधका कारण राष्ट्रपति रामचन्द्र पौडेलप्रति संघीय संसदबाट धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

सभामुख घिमिरेले कम्तिमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न हिजो कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरुसँगको बैठकमा ध्यानाकर्षष गराएका थिए ।

राष्ट्रपति पौडेलले हिजो मंगलबार संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको थियो । कांग्रेसले बैठक चल्न नदिएपछि राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव समेत पारित हुन सकेको थिएन ।

सहकारीको रकम हिनामिनामा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समितिको माग राख्दै आएको कांग्रेसले वेल घेराउ र नाराबाजी गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुन सकेन । कांग्रेसको अवरोधपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !