७ असार २०८१, शुक्रबार

जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै


जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । जसपा नेपालको केन्द्रीय समिति बैठक आज बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।

ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा हिजो सोमबारदेखि जारी बैठकमा नेताहरूले आ-आफ्नो धारणा राख्ने क्रम जारी छ । साथै आगामी दिनमा पार्टीका रणनीति र योजनाका बारेमा विस्तृत रूपमा छलफल गरेर अघि बढ्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएकाे छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले गैरकानुनी रूपमा पार्टी फुटाइएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । उनले रिटमा निर्वाचन आयोग र पार्टी छोडेर जाने सांसदलाई विपक्षी बनाएका छन्।

अशोक राई पक्षले वैशाख १३ गते जसपा विभाजन गरेको थियो। प्रतिनिधिसभामा जसपाबाट उपस्थित १२ सांसदमध्ये राईको पक्षमा ७ र यादवको पक्षमा ५ जना सांसद विभाजित भएका छन् ।

बैठकमा आज पनि पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेन्डामाथि छलफल हुने छ । पार्टी सरकारबाट बाहिरिएको अवस्था र विभाजनको असरका विषयमा पनि पार्टीभित्र छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !