२ मंसिर २०८१, आइतबार

स्वास्थ्यमन्त्री यादव र राज्यमन्त्री खानले लिए शपथ


प्रदीप यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् ।

जसपाबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी भएको हो ।

जसपा नेपालबाट मन्त्री बनेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वनराज्यमन्त्री दीपक कार्कीले आजै राजीनामा बुझाएपछि जसपा नेपालबाट विभाजित भएर बनेको पार्टी जसपाका नवनियुक्त मन्त्रीले आज सपथ लिएका हुन् ।

 प्रदीप यादव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !