१२ असार २०८१, बुधबार

जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


उपेन्द्र यादव फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले आज सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

अध्यक्ष यादवले जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएको बताए । उनले आफ्नो पार्टी सरकारबाट समेत बाहिरिएकाले संसदमा प्रतिपक्षमा नै बसी रचनात्मक भूमिका निर्बाह गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !