१२ आश्विन २०८१, शनिबार

सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच टेलिफोन वार्ता


प्रधानमन्त्री प्रचण्ड र देवराज घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ बीच टेलिफोन वार्ता भएको छ ।

आज बिहान सभामुख घिमिरेले टेलिफोन गरी प्रधानमन्त्री दाहालसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल गरेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । त्यसक्रममा उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भएको पनि अधिकारीले बताए ।

प्रधानमन्त्री दाहलले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल, सत्ताघटक दलहरूसँग विपक्षीका मागबारे कुराकानी भएको र आज साँझसम्म निष्कर्षमा पुगिने बताउनुभएको सभामुखलाई उद्धृत गर्दै अधिकारी जानकारी दिए ।

प्रधानमन्त्री दाहलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए । प्रधानमन्त्री दाहलले आफू चितवनबाट फर्केलगत्तै संसदको गतिरोध अन्त्यका विषयमा संवाद सुरू गर्ने पनि जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुखले हिजो कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेका थिए । उनले नीति तथा कार्यक्रम र बजेटमा राजनीति नगरी सहमति गनुपर्नेमा जोड दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !