२ मंसिर २०८१, आइतबार

माओवादीद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता


सरोजकुमार यादव

जनकपुर । नेकपा (माओवादी केन्द्र) ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन आज फिर्ता लिएको हो ।

माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएलगत्तै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्रले मधेश सरकारलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका छन् ।

त्यसअघि आजै माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका वन तथा वातावरण मन्त्री तोकिएका भरत प्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाएका थिए ।

मधेश सरकारमा भ्रष्टाचार र अनियमितता बढेकाले सरकार छाडेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको माओवादीले बताएको छ । योसँगै जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव अल्पमतमा परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !