२ मंसिर २०८१, आइतबार

देउवासँगको छलफलपछि संसदीय समिति गठन गर्न प्रधानमन्त्री प्रचण्ड सकारात्मक


प्रचण्ड र देउवा शीतल निवास फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफल सकिएको छ । प्रधानमन्त्री प्रचण्डले बोलाएपछि आज बिहान कांग्रेस अन्य चार जना शीर्ष नेताहरुलाई लिएर छलफलका लागि सभापति देउवा प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।

देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र कृष्णप्रसाद सिटौलालाई लिएर बालुवाटार पुगेका थिए । सदनमा देखिएको अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्नेलगायतका विषयमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुबीच छलफल भएको बताइएको छ ।

बालुवाटारमा भएको छलफलमा संसदको अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरूले आफ्नो पूर्ववत अडान राखेको र प्रधानमन्त्री त्यसमा सकारात्मक भएको बताए ।

संसद् खुलाउने नखुलाउने भन्ने सरकार र सत्तापक्षमा भरपर्ने कांग्रेस नेताहरूको भनाइ छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन नगरे संसदको अवरोध जारी राख्ने जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !