१२ आश्विन २०८१, शनिबार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै


एकीकृत समाजवादी फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज पनि बस्दै छ । हिजो शनिबारदेखि सुरु भएको स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा आज बिहान ११ बजेबाट बैठक सुरु हुनेछ ।

स्थायी कमिटी बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आज पुनः बैठक बस्न लागेको पार्टीका उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राखेका थिए भने महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !