१२ आश्विन २०८१, शनिबार

‘संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा’


विमलेन्द्र निधि फाइल फोटो

महेन्द्रनगर, धनुषा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा रहेको बताएका छन् । जनकपुरधाममा नेपाली कांग्रेस धनुषाद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने कुरामा जोड दिएको बताए ।

“सरकारले समिति बनाउन साथ दिनुको सट्टा विवादलाई बढाउने काम गरिरहेको छ”, नेता निधिले भने । कुनै पनि समस्या समाधान गर्न दृढ इच्छा शक्ति हुन आवश्यक रहेकोे उनको भनाइ थियो ।

नेता निधिले समग्र निर्वाचन प्रणालीमा सुधार गरेर अगाडी बढ्न तथा प्रदेशलाई बलियो बनाउनका लागि प्रहरी तथा कर्मचारी समायोजनमा ढिलाइ गर्न नहुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव, मिनाक्षी झा, मधेश प्रदेशसभा सदस्य रामसरोज यादव, पार्टीका जिल्ला सभापति योगेन्द्र पञ्जियार, कांग्रेस धनुषाका उपसभापति गणेश झालगायतले आ–आफ्नो धारणा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !