१२ आश्विन २०८१, शनिबार

जीबी राईलाई अघिल्लो गृहमन्त्रीले भगाएको हो : गृहमन्त्री लामिछाने


रवि लामिछाने फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिका गृहमन्त्रीले भगाएको खुलासा गरेका छन् ।

आज शनिबार चितवन आएका लामिछानेले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा मुछिएका जीबी राईलाई अघिल्लो गृहमन्त्रीले भगाएको हुनाले अहिले खोज्न समस्या भइरहेको बताए । ‘भगाइसकेको मान्छेलाई खोज्न समय लागेको हो’, उनले भने ।

सञ्चारकर्मीले उनलाई ‘जीबी राई किन पक्राउ पर्न सकेनन् ?’ भनेर सोधेका थिए । जवाफमा उनले भने, “भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ ।” उनले राईलाई खोजिरहेको बताएका छन् ।

‘त्यसो भए कसले भगायो ?’ सञ्चारकर्मीको प्रश्नमा उनले भने, “भाग्दाखेरी सरकारमा को थियो ?” लामिछानेले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको बताए ।

उनले जनताले आदेशले संसद्‌मा पुगे पनि आफूलाई बोल्ने अधिकारबाट वञ्चित गरिएको बताए । कांग्रेसको अवरोधले आफु नडराएको समेत उनले बताए । आफुले संसदमा एक पटक बोल्न पाउनुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !