१२ असार २०८१, बुधबार

रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय


कांग्रेसको संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएको छ ।

आज शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको काँग्रेसका एक नेताले जानकारी दिए ।

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा काँग्रेसले लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो ।

सहकारीको बचत अनियमितता प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयलाई कसरी सशक्त बनाउनेलगायत समसामयिक विषयमा छलफल गर्ने काँग्रेसले संसदीय दलको बैठक बोलाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !