२ कार्तिक २०८१, शुक्रबार

कांग्रेसको संसदीय दलको बैठक आज बस्दै


कांग्रेसको संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेसको संसदीय दलको बैठक आज बिहान साढे ८ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनकाे ल्होत्से हलमा बस्ने भएको हो ।

कांग्रेसले आज शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो । बैठकमा बजेट अधिवेशनभर पार्टी कसरी सदनमा उपस्थित हुने, सहकारीको बचत अनियमितता प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयलाई कसरी सशक्त बनाउनेलगायत समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।

यसअघि हिजो बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बिहीबारको बैठक स्थगित गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !