३ असार २०८१, आइतबार

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की रिट निवेदन दिन पुगे सर्वोच्च


कोशीका मुख्यमन्त्री केदार कार्की

काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की रिट निवेदन बोकेर सर्वोच्च अदालतमा पुगेका छन् । उनी आज बिहीबार बिहान प्रदेश प्रमुखले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै रिट बोकेर सर्वोच्च अदालत पुगेका हुन् ।

उनले रिट निवेदनमा अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई रोक्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । कार्की आफैँ अहिले सर्वोच्चमा रहेका छन् ।

यद्यपि सर्वोच्च प्रशासनले कार्कीको रिट निवेदन आइपुगेको र आफूहरु अध्ययनकै क्रममा रहेको जनाएको छ । अध्ययनपछि बिहीबार साँझसम्म रिट निवेदन दर्ता हुने हुनसक्ने बताइएको छ ।

यता कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

कार्कीले ५२ जना सांसदहरुको हस्ताक्षरसहित नेपालको संविधानको धारा १६८ (५) अनुसार कोशी प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । कार्कीलाई एमालेका ३९ जना र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका छन् ।

यो पनि पढ्नुहोस्

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीद्वारा दाबी पेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !