९ असार २०८१, आइतबार

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीद्वारा दाबी पेश


कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीद्वारा दाबी पेश

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

कार्कीले ५२ जना सांसदहरुको हस्ताक्षरसहित नेपालको संविधानको धारा १६८ (५) अनुसार कोशी प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । कार्कीलाई एमालेका ३९ जना र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका छन् ।

यसअघि नेपाली कांग्रेसबाट मुख्यमन्त्री रहेका केदार कार्कीलाई पदमुक्त गर्दै हिजो बुधबार प्रदेश प्रमुख खापुङले  नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयबाट बुधबार राति जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि यही वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिइएको छ ।

नेपालको संविधानबमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई मिति २०८१ साल वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेपछि एमालेका कार्कीले आज आफ्नो दावी पेश गरेका हुन् ।

कार्की झापा निर्वाचन क्षेत्र नं ५ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि कोशी प्रदेशसभाले वर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीद्वारा दाबी पेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !