७ असार २०८१, शुक्रबार

कांग्रेसको संसदीय दलको बैठक स्थगित गरेर आकस्मिक केन्द्रीय समिति बैठक


नेपाली काँग्रेस बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । आज २ बजेका लागि तय भएको बैठक पूर्वमन्त्री एवं कांग्रेसका नेता सुर्यमान गुरुङको अन्त्येष्ठी हुने भएकोले स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

अर्को बैठक भोलि बिहान ८ः३० बजे संघीय संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ । भोलिदेखि सुरु हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो। बैठकले बजेट अधिवेशनमा संसद्मा खेल्नुपर्ने भूमिकाबारे निर्णय गर्नेछ ।

तर कांग्रेसको आकस्मिक केन्द्रीय कार्य समिति बैठक जारी रहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा केन्द्रीय समितिको आकस्मिक बैठक बसेको हो ।

पूर्वमन्त्री तथा पार्टीको पूर्व केन्द्रीय सदस्य सूर्यमान गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने आकस्मिक बैठक बसिरहेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।

८४ वर्षीय गुरुङको काठमाडौँको कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो निधन भएको थियो । विदेशमा रहेका दुई छोरा आउन ढिलो हुँदा आज मात्र अन्त्येष्टि गर्न लागिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !