८ जेष्ठ २०८१, मंगलबार

बझाङ उपनिर्वाचन अपडेट : १ बजेदेखि मतगणना सुरु


बझाङ उपनिर्वाचन

चैनपुर, बझाङ । उपनिर्वाचन भएको बझाङ प्रदेश सभा (१) मा दिउँसो १ बजेदेखि मतगणना हुने भएको छ । आज भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गरेलगत्तै मतगणना सुरु हुने भएको हो ।

शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !