७ पुस २०८१, आइतबार

इलाम-२ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय


इलाम उपनिर्वाचन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गरिने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित थिए । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना हुने भएको हो ।

गणना फाकफोकथुम गाउँपालिकाबाट सुरू हुने बताइएको छ । इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । हृदयाघातका कारण पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् हिजो शनिबार बैशाख १५ गते उपनिर्वाचन भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !