२ मंसिर २०८१, आइतबार

कतारी राजाको सम्मानमा प्रधानमन्त्रीद्वारा दिवाभोजको आयोजना


अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवाभोजको आयोजना गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज बिहान द्वारिका होटलमा उनको सम्मानका दिवाभोजको आयोजना गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री दाहालले कतारी अमिरलाई स्वागत गरेका थिए । दिवाभोजमा दुवै पक्षका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

उनीहरुबीच आज यसअघि होटल सोल्टीमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । वार्तामा विभिन्न छ विषयमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा वैशाख ११ गते अपराह्न यहाँ आइपुगेका हुन् । कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए । राष्ट्रपति पौडेलले उहाँको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गरेका थिए ।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो । कतारी अमिर थानी आज दिउँसो २ बजे काठमाडौँबाट प्रस्थान गर्ने तालिका छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !