१२ आश्विन २०८१, शनिबार

ललिता निवासको जग्गा प्रकरण देउवा गृहमन्त्री हुँदा सुरु भएको हो : स्वर्णिम वाग्ले


डा. स्वर्णिम वाग्ले फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं उपसभापति डा. स्वर्णिम वाग्लेले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरण नेपाली काँग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदा सुरु भएको दावी गरेका छन् ।

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा मंगलबार पत्रकारहरूसँग संक्षिप्त कुराकानीका क्रममा सांसद वाग्लेले ललिता निवासको सरकारी जग्गा हिनामिना गरी व्यक्तिको नाममा गर्ने प्रकरणको सुरुवात देउवा गृहमन्त्री हुँदा भएको आरोप लगाएका हुन् ।

उनले ललिता निवासदेखि वाइडबडी जहाज खरिदसम्म भएको अनियमिततामा नेताहरूलाई जोगाइएको दाबी उनले गरे । आफूहरूले २०४७ सालयताका सबै भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र जाँचबुझ आयोग माग गर्दै आएको पनि वाग्लेले बताएका छन् ।

वाग्लेले कसैले लगाएको आरोपका भरमा कुनै नेता र पात्रलाई खुइल्याउने उद्देश्यले छानबिन माग गर्नु उचित नरहेको बताए । कांग्रेसले सहकारीको रकम हिनामिना गरेको आरोपमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन माग गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !