१२ असार २०८१, बुधबार

कर्णालीका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुखसमक्ष बुझाए राजीनामा


कर्णालीका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुखसमक्ष बुझाए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा बुझाएका छन् । प्रदेशसभाबाट राजीनामाको घोषणा गरेका कर्णालीका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुख परियारसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

आज बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका मुख्यमन्त्री शर्माले केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै उनले पदबाट राजीनामा दिएका हुन् ।

कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भएबमोजिम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट मुख्यमन्त्री बनेका शर्माले राजीनामाको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री शर्माले सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अङ्क गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताए । उनले सत्ता समीकरणमा भएको फेरबदलका कारण प्रदेशका नियमित काममा अवरोध भएको अनुभव सुनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !