काठमाडौं । पाल्पामा पँधेरोमा नुहाउन गएकी किशोरीको हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहाकी पद्मा सुनारको शव फेला परेको हो ।
मंगलबार बिहान घर नजिकैको पँधेरोमा नुहाउन गएकी १९ वर्षीया सुनारको शव फेला परेको हो । नुहाउन र कपडा धुन भन्दै नुहाउन गएकी उनी बेलुकासम्म नफर्किएपछि खोजी सुरु भएको थियो ।
उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएकोले हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । पँधेरोमाबाट फर्किने क्रममा उनीमाथि आक्रमण भएर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।