१८ बैशाख २०८१, मंगलबार

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न कार्कीको नेतृत्वमा नयाँ आयोग गठन


राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

काठमाडौँ । सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको छ । सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन हो ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न उच्च पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

आयोगको सदस्यमा पुष्कर कार्की र सञ्जीव मिश्र रहेका छन् । यसअघि पनि सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !