४ असार २०८१, मंगलबार

पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयो


कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयो

काठमाडौँ । सुन तस्करी प्रकरणका जोडिएका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइएको छ । महरालाई भैरहवा विमानस्थलबाट यती एयरलाइन्सको विमानबाट काठमाडौंमा ल्याइएको हो ।

काठमाडौँ ल्याइएसँगै उनलाई त्रिभुवन विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा लगिँदै छ । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले महरालाई विमानस्थलबाट गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालयमा लाँदैछन् ।

सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई कपिलवस्तुबाट पक्राउ गरिएको हो । प्रहरीको निगरानीपछि महरा आफैंले काठमाडौं फर्किने चाहना गरेपछि विमानबाटै काठमाडौं ल्याइएको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले महरासहितलाई तत्काल कारबाही गर्न लामिछानेले निर्देशन दिएका थिए । गृहमन्त्री लामिछानेले हिजो महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए ।

आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै उक्त निर्देशन दिएपछि महरा पक्राउ परेका हुन् ।

यो पनि पढ्नुहोस्

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु