६ पुस २०८१, शनिबार

राष्ट्रियसभाको अध्यक्षमा दाहाल र शर्माकाे उम्मेदवारी दर्ता


नारायण दाहाल र युवराज शर्मा

काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रियसभाको अध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का दाहाल र नेपाली काँग्रेसका शर्मा गरी दुई जनाको उम्मेदवारी दर्ता भएको हो ।
 नारायण दाहालसत्ता गठबन्धनका उमेदवार दाहालको प्रस्तावमा माओवादी केन्द्रका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद रहेका छन् ।
 युवराज शर्मायस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा) का शेखरकुमार सिंह रहेका छन् ।
 उम्मेदवारी दर्ता
राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दर्ताका लागि आज दिउँसो १ बजेसम्मको समय तोकिएको छ । अध्यक्षको निर्वाचन भोलि मंगलबार हुँदै छ । तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल यही फागुन २० गते सकिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !