९ असार २०८१, आइतबार

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने


उर्मिला अर्याल

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने भएको छ । राष्ट्रियसभाको रिक्त अध्यक्ष पदको निर्वाचन यही फागुन २९ गते हुने भएको हो ।

आज आइतबार बसेको राष्ट्रियसभा बैठकमा सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गतेको मिति तोकेकी हुन् ।

अर्यालले राष्ट्रियसभाको नियमावली बमोजिम संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्षको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न निर्देशन समेत दिएकी छिन् ।

भोलि सोमबार राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन गर्नुपरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !