काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले निवेदन दिएका छन् । सुहाङले उम्मेदवार बन्न पार्टी कमिटीमा आज निवेदन दिएका हुन् ।
पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले निवेदन दिएका हुन् ।
आगामी चैत ५ गतेभित्र उम्मेदवार सिफारिस गर्न जिल्ला कमिटीले यसअघि नै कार्यदल गठन गरेको थियो । उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
संयोजक राईका अनुसार अहिलेसम्म सुहाङसहित चार जनाले निवेदन दिएका छन् । उम्मेदवार बन्न सुहाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल र देवी क्षेत्री दुलालले निवेदन दिएका छन् । कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ ।