२२ भाद्र २०८१, शनिबार

पत्नी आरजु लिएर माधव नेपाललाई भेट्न कोटेश्वरमा देउवा


शेरबहादुर देउवा माधव नेपाल निवास कोटेश्वर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको निजी निवास कोटेश्वर पुगेका छन् ।

पत्नी डा. आरजु राणा देउवा र नेता रमेश लेखकसहितलाई लिएर देउवा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

यसअघि हिजो मंगलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई लिएर नेपाल निवास कोटेश्वर पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको पुरानो गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई पनि सामेल गराउन एमाले र माओवादीका शीर्ष नेताहरु सक्रिय भएको बेला नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयासस्वरुप देउवाले नेपाललाई भेट्न कोटेश्वर पुग्नुलाई नेपालमा स्थिर नयाँ सत्ता गठबन्धनको चावी अध्यक्ष नेपालको हातमा रहेको प्रष्ट देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !